
मैले आफ्नो इज्जत बचाउन
नाङ्गो भइदिनुपर्ने हुन्छ
आमाको काखबाट
वञ्चित भए/ गराइएदेखि
झिल्ली तोडिएको
स्वाभिमानको कुमारीत्व
कसैले आफ्नो भोक मेट्न
नङ्ग्याउने गर्छन्
कोही पेट अघाएपछि
नग्नताको भोग गर्न खोज्दा
स्विकार्नै पर्ने हुन्छ
नचाहेर पनि
देवको आलयमा
विभाजित हुन्छु
टुक्रिएर
प्रत्येक अनुयायीका मुठ्ठीको प्रसाद बनी
निर्वस्त्र
केही कुरा लसपस भएर
मेरो कण कणमा मुछिएपछि
मिष्ठान्न बनिएर
बेचिने गर्छ
मेरो अङ्ग प्रत्यङ्ग बजारमा
तर मेरो मोल र तोलको तय
अर्कैले गर्ने गर्छ
कहिले बाँदरको हातमा
कहिले हात्तीको मुखमा
कहिले मान्छेको…
आफ्नो लाज राखेको छु क्रमशः !
वास्तविक वर्ण फेर्दै
अपहरण हुँदै
मुछिँदै
लुटिँदै
छरिँदै
यत्र तत्र ।
माण्डले, म्यान्मार



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
