गजल मुशायरा अष्ट्रेलियाले चाैथाे सामूहिक कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा चार कविहरु कल्पना काफ्ले (नेपाल), रमेश शुभेच्छु (नेपाल), डा. प्रकाश पौडेल (अष्ट्रेलिया) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड) ले आफ्ना कविता वाचन गरेका थिए।

सन् २०१४ मा अष्ट्रेलियाकाे सिड्नीमा गजल मुशायरा कार्यक्रम गरेर गजल क्षेत्रकाे श्रीवृद्धिका लागि सुरु गरिएकाे यस सञ्जालले अन्य स्थानहरु ब्रिस्बेन, एडिलेड, अलबेरी, मलेसिया तथा नेपालकाे नुवाकाेटमा कार्यक्रम गरिसकेकाे छ भने २०१७ यता फेसबुक लाइभ कार्यक्रम गरी अनुमानित २६ वटा मुलुकमा रहेका ११२ भन्दा बढी गजलकारहरुकाे एकल गजल वाचन कार्यक्रम सम्पन्न गराइसकेकाे छ । काेभिड-१९ काे माहामारीका कारणले सृजित बन्दाबन्दीसँगै सामूहिक कवितावाचन कार्यक्रम पनि सुरु गरिएकाे छ ।

‘नेपाली गजल सुन्ने संस्कृतिकाे विकास गर्न तथा संसारभरी छरिएका नेपाली गजलकारहरुलाई जाेड्ने अभिप्रयाले औपचारिकताविहीन सम्पूर्ण गजल कार्यक्रम गर्ने मनशायले सुरुवात गरिएकाे सञ्जाल हाे, गजल मुशायरा।’ कार्यक्रमका संस्थापक/परिकल्पनाकार जीतेन्द्र मल्ल भन्नुहुन्छ, ‘हामी गजल मात्र नभएर नेपाली साहित्यका कविता लगायत अन्य विधालाई पनि अगाडि बढाउन क्रियाशील छौँ ।’
बीचमा केही समय निरन्तरता दिन नसकिए पनि नयाँ-पुराना पुस्तालाई जोड्दै बन्दाबन्दीपश्चात पनि आगामी कार्यक्रमहरु नियमित सञ्चालन गर्ने जानकरी दिएका छन्।

सामूहिक कविता वाचन कार्यक्रम जुम एप्लिकेसनमार्फत गजल मुशायरा परिवारको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारित गरिएको थियाे । सामूहिक कविता रचनावाचन कार्यक्रमकाे सञ्चालन डा. केशव शर्माले गर्नु भएकाे थियाे ।

हेर्नुहोस् भिडियोमाः