हाम्रो - टिम

अश्विनी कोइराला | प्रधानसम्पादक

२०५४ सालदेखि पत्रकारिता र साहित्य दुबैमा कलम चलाउन थालेका कोइरालासँग २५ वर्ष लामो पत्रकारिताको अनुभव छ । उनले कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक‘ र ‘नारी’ पत्रिकामा विभिन्न पदमा रहेर २० वर्ष काम गरे । विराटगनरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘विराटनेसनल टाइम्स’बाट पत्रकारिता सुरु गरेका कोइरालाका उनी, जुकरबर्ग क्याफे, प्रेमालय र पारिजात गरि चारवटा कृति प्रकाशित छन् । पछिल्लो समय उनी अनलाइनखबर डट कममा दुई वर्ष साहित्य विभागका प्रमुख थिए । नेपाली साहित्यमा स्नातकोत्तर कोइराला युवा पुस्ताका लोकप्रिय लेखक पनि हुन् ।

कृष्ण ढुङ्गेल | सम्पादक

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका कार्यकारी सम्पादक हुन् । करीब एक दर्जन पुस्तकको सम्पादन गरिसकेका ढुङ्गेलको उपन्यास “मिराज” र सिर्जनात्मक निबन्ध सङ्ग्रह 'समयको नक्साबाहिर' प्रकाशित छ । यसअघि साहित्यपोस्टको संयोजक रहेका ढुङ्गेलसँग अध्यापनको समेत अनुभव छ ।

प्रकाश पौड्याल 'माइला' | संरक्षक

प्रकाश पौडेल ‘माइला’ बहुविधामा कलम चलाउने स्रष्टा भए पनि मुख्यतः हाइकु कविका रूपमा स्थापित छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पूर्वाध्यक्ष पौडेल वर्ल्ड हाइकु एसोसिएसनका पहिलो नेपाली कार्यकारी सदस्य समेत हुन् । उनी जापानको राष्ट्रिय हाइजिन समूहमा प्रवेश पाएका पहिलो विदेशीसमेत हुन् । जापान योकोहामामा रहेर होटल/रेस्टुराँ व्यवसायीमा स्रकिय पौडेलका आधा दर्जन बढी हाइकुसम्बन्धी पुस्तक प्रकाशित छन् ।

सर्वज्ञ वाग्ले | अन्तर्राष्ट्रिय संयोजक

अमेरिकामा रहेर पनि प्रत्येक दुई वर्षमा पुस्तक प्रकाशन गरिरहेका वाग्ले गैरआवासीय नेपालीको भाषा, साहित्य, संस्कृति र सम्पदा विभागकामा सन् २०१७ देखिका कार्यकारी सदस्य हुन् । उनका जुवाघर (हाँस्यव्यङ्ग्य) क्यासिनो (कथा संग्रह) युधिष्ठिर (कथा संग्रह) साँढे (हाँस्यव्यङ्ग्य) र पुनर्वास (उपन्यास) पुस्तकहरु प्रकाशित छन् । गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रहेका वाग्ले पुर्नवास उपन्यासबाट चर्चामा आएका हुन् । उनी अमेरिकामा सामाजिक अभियन्ता र पत्रकारका रुपमा पनि उत्तिकै सक्रिय छन् । वाग्ले अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हुन्।

राज सिटौला | कला सम्पादक

मल्टिमिडिया र ग्राफिक्स डिजाइनमा विशेष रुचि भएका राज सिटौला डाटा विज्ञानमा पनि दख्खल छन् । विज्ञापन एजेन्सीहरुका लागि ग्राफिक डिजाइन गर्दै आएका राज साहित्यमा रुचिका कारण साहित्यपोस्टमा जोडिएका हुन् । उनी आख्यान र इतिहास अध्ययनमा पनि रुचि राख्छन् । उनलाई www.sraj.com.np मा भेट्न सकिन्छ ।

तैँ तैँ धिताल (सरगम) | बर्मा संयोजक

बर्मामा जन्मिएकी नेपाली मुलकी तैँ तैँ धिताल (सरगम) साहित्य तथा नेपाली भाषाप्रति गहिरो चासो राख्छिन् । उनी नेपाली भाषा तथा साहित्य अध्ययनका लागि हाल काठमाडौं बस्दै आएकी छिन् । पद्मकन्या क्याम्पसमा नेपाली भाषा तथा साहित्यको अध्ययन गरिरहेकी उनी साहित्यपोस्टसँग आबद्ध रहेर साहित्यिक कर्मसमेत गरिरहेकी छिन् ।

अनिल खतिवडा | प्राविधिक संयोजक

सफ्ट्वेर इन्जिनियर अनिल खतिवडा छोटा–मिठा कविता लेख्छन् । CenTech Nepal का सह–संस्थापक तथा निर्देशक खतिवडाले हालसम्म १ सय बढी वेव–पेजहरु निमार्ण गरिसकेका छन् । प्रविधिक संयोजकका रुपमा साहित्यपोस्टसँग आबद्ध उनले साहित्यपोस्टको वेवसाइड निर्माण समेत गरेका हुन् । हाल अमेरिकास्थित Troy विश्वविद्यालयबाट उनी Computer Science मा विद्यावारिधि गरिरहेका छन् ।

डिजी शर्मा | युरोप संयोजक

व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका झापाका डिजी शर्मा साहित्यपोस्टका युरोप संयोजक हुन् । नेपालमा रहँदा कञ्चनजङ्घा एफएममा ४ वर्ष काम गरेका शर्मा कविता र मुक्तकमार्फत् साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । उनी स्टान्डअप कमेडीमा पनि निकै रुचि राख्छन् । वैदेशिक रोजगारीका सिलसिलामा युरोप पुगेका शर्मा यसअघि युएई संयोजक रहिसकेका छन् । शर्मा साहित्यपोस्टले नियमित सञ्चालन गर्दैआएको 'स्रष्टा र सिर्जना' कार्यक्रमका प्रस्तोतासमेत हुन् ।

सोना शिल्पकार | छायाकार

काठमाडौंकी सोना शिल्पकार साहित्यमा रुचि राख्छिन् । उनी छायांकन तथा छाया–सम्पादनमा विशेष दख्खल राख्छिन् । बिबिए अध्ययनरत उनी साहित्यपोस्टको छाया–सम्पादक हुन् ।

विजय हितान | पर्या–साहित्य सम्पादक

बुटवलका बेलायती गोर्खाज् विजय हितान लामो समयदेखि सपरिवार बेलायत बस्दै आएका छन् । पर्यावरण संरक्षणको विश्वव्यापी मूल सिद्धान्तलाई शिरोधार्य गरेर साहित्यका विविध विधामा कलम चलाउने उनी विशेषतः पर्या–साहित्यकार तथा पर्या साहित्यका अभियन्ता हुन् । उनको पर्या–कथाहरूको सङ्ग्रह ‘ब्लू प्लानेट’ तथा युद्ध–उपन्यास ‘लाहुरेको रेलीमाई’ लोकप्रिय छन् । उनले लाहुरेको रेलीमाईका लागि ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेका छन् । साथै, बाह्रखरी कथा प्रतियोगिताको पाँचौँ संस्करणमा हितानको पर्या–कथा ‘चेपाङ, चमेरो र चिउरी’ तृतीय भएको थियो ।

जनक कार्की | पाल्पा संयोजक

पाल्पामा जन्मिएका जनक कार्की साहित्यपोस्टका पाल्पा संयोजक हुन् । आवाजको दुनियाँमा रेडियो मुक्तिनाथ हुँदै कालिका एफएमबाट आफ्नो कला यात्रा सुरु गरेका उनी मुलतः कवि तथा कथाकार हुन् । साथै, उनी साहित्यिक पत्रकारिता र अनुवाद पनि संलग्न छन् । उनको कथा ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ मा चयन भएको थियो भने लुम्बिनी विश्वविद्यालयले आयोजना गरेको कथा प्रतियोगितामा उनको कथाले ‘उत्कृष्ट कथा’को पुरस्कार प्राप्त गरेको थियो । कार्कीका कविता पुस्तकाकारका रूपमा संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’मा समेत सङ्ग्रहित छन् ।

राज यात्री लम्साल | युएई संयोजक

रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनुभएका राज यात्री लम्साल विशेष गरी गजल लेखन र गायनमा रुची राख्नु हुन्छ । उहाँका केही गीतहरू रेकर्ड भएर बजारमा आइसकेका छन् । साथै उहाँद्वारा लिखित केही गीतहरू अन्य गायक गायिकाको आवाजमा रेकर्ड समेत भएका छन् । मोरङको सुन्दरहरैँचा निवासी गजलकार लम्साल युएईमा पछिल्लो केही वर्षदेखि निजी व्यवसायमा आबद्ध हुनुहुन्छ ।