
सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पाँच प्रतिभालाई ‘सिम्पल सम्मान २०७९’ अर्पण गरेको छ ।
सभापति, प्रमुख अतिथि, अतिथि मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार प्रज्ञा जोशीलाई साहित्यकारहरू विष्णु ओली, सन्तोष पोखरेल, प्रिन्सिपल ज्ञानेन्द्र भट्टराईले खादा,रुद्राक्षको माला र सास लगाइदिएर र साहित्यकार दिवाकर विक्रम शाहले सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नु भयो ।
यसरी नै साहित्यकार ललिता दोषीलाई साहित्यकारहरू राजेशमान केसी, उर्मिला पन्त पाण्डेय, राजबाबु श्रेष्ठ सागर, गङ्गा कर्माचार्य पौडेलले, पत्रकार केशव पाठकलाई उपन्यासकार शङ्कर भारती, साहित्यकार ढुण्डीराज पोखरेल, शिक्षिका रजनी बस्नेत र साहित्यकार तिलकप्रसाद लुइँटेलले ,गायिका स्वेता उप्रेतीलाई सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ, कलाकार तथा साहित्यकारहरू विक्रममान श्रेष्ठ ,माधवलाल श्रेष्ठ र कामनपा वडा ३१ का अध्यक्ष सरोज ढकालले र शिक्षासेवी शेषमणि भट्टराईलाई साहित्यकारहरू कलाधर काफ्ले, विष्णुबहादुर सिंह , मधुसूदन घिमिरे र वेदमणि घिमिरेले माला, रुद्राक्षको माला, सास र सम्मान पत्र प्रदान गर्नु भई सम्मानित गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले सम्मानित सबैलाई टीका लगाइदिनु भएको थियो । शिक्षासेवी भट्टराईलाई वहाँका विद्यार्थीहरू सरोज ढकाल, रोशन गिरी, कृष्ण खड्का , कुमार चिमोरिया, श्रीधर रेग्मी, सपना शिवाकोटी लगायतले खादा लगाइदिई सम्मानित गर्नुभएको थियो ।
पूर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र संस्थापक कोषाध्यक्ष कल्पना सिवाकोटीले संस्था गतिविधिबारे जानकारी गराउनु भएको थियो ।
रजत उत्सवको अवसरमा केट काटिएको थियो भने राजनीतिज्ञ रवीन्द्र मिश्र, साहित्यकारहरू डा मधुसूदन लामिछाने ,दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना वाचन गर्नुभएको थियो ।
उपस्थितिहरू मध्ये एक जनालाई गोला प्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गर्नुभएको सो कार्यक्रममा छ दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।
२०५५ साल फागुन ७ गते विमल कोइराला ,केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर सिम्पल आर्ट्स नामक संस्था स्थापना गर्नुभएको थियो । शब्दपथ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

