
आज काठमाडौँमा आयोजित लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल, सचिवमा श्रीबाबु कार्की उदास चयन हुनु भएको छ ।
सदस्यहरूमा सिन्धु गौतम, राजेश खनाल, नवराज रिजाल, रामकुमार पण्डित, तारा केसी र सुषमा मानन्धर चयनित हुनु भएको छ ।
डा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्व तथा रामप्रसाद पन्त र अश्विनी कोइरालासहितको निर्वाचन समितिले सो घोषणा गरेको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
