सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७:०९ बजे निधन भएको परिवारजनले जनाएका छन् ।

जोशीमा मुटु र प्रोस्टेटको समस्या थियो । उहाँमा कमजोरी बढेपछि गएको असोज ७ गते किस्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।