साहित्य संगम मकवानपुरले ३२३ औँ साहित्य सन्ध्या कार्यक्रमका क्रममा विजया दशमीको शुभकामना तथा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताको निर्णायकमा निमेष निखिल, सुवास खनाल र भवानी न्यौपाने रहनु भ‌एको थियो । प्रतियोगितामा झरना साहित्यका उपाध्यक्ष चिरञ्जीवी लामिछाने प्रथम, चन्द्रोदय माविकी प्रतिमा पौडेल द्वितीय र गौरी कँडेल‌ तृतीय हुनुभ‌एको थियो ।

साथै कार्यक्रममा सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्यका अध्यक्ष विश्वनाथ सञ्जेल, आँचलकी अध्यक्ष भावना सापकोटा, सुवास खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मसान उपासक, देवराज खरेल, देवराज तिवारी, झरना साहित्यका अध्यक्ष विश्वनाथ सञ्जेल, संप्रस पौडेल, सानुभाई विश्वकर्मा लगायतका सर्जकहरूले रचना वाचन गर्नुभ‌एको थियो ।

कार्यक्रम हृदय रोग निवारण केन्द्रका भागिरथ शर्माको प्रमुख आतिथ्यता तथा साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भ‌एको हो । कार्यक्रम सञ्चालन डिबी बर्तौलाले गर्नु भ‌एको थियो ।