अनेसासकाठमाडौँ/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय कार्यसमिति २०२०-२०२२ का लागि निर्वाचन सम्पन्न गर्न डा. चुडामणि खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
दुई वर्षका लागि हुने केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नयाँ विधान बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (पाँच महादेशीय प्रतिनिधि), महासचिव, सचिव, कोषाध्यक्ष, पाँच जना सदस्यहरु निर्वाचित हुने छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचन समिति सदस्य रहिसकेका खनालको नेतृत्वमा तीर्थराज पाण्डे(अमेरिका), विजय भट्टराई (डालस, अमेरिका), कुमार सिम्खडा (बेलायत), पुष्पा खनाल ( नेपाल) सहित पाँच सदस्यीय निर्वाचन समिति रहेको छ ।
अनेसासको विधानअनुसार जुलाई १० सम्ममा केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने अवस्था रहेकाले निर्वाचनका लागि सदस्यता अपडेट लगायतका आन्तरिक कार्यहरु द्रुतरुपमा भइरहेको जानकारी अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन्।
अबको केही दिनभित्रमै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरेपछि निर्वाचन प्रक्रियाले गति लिने जानकारी केन्द्रीय महासचिव गणेश घिमिरेले जानकारी गराएका छन्।
संसारभरि दर्जनौँ च्याप्टर रहेको प्रवासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक संस्था अनेसासले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विभिन्न कार्यहरु गर्दै आएको छ ।