बुद्धिसागर

कर्नाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरले आफ्नो जन्मदिन आज जेठ २० गते तेस्रो उपन्यास लेखी सिध्याएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालहरूमा आफ्नो सुन्दर सेल्फी हान्दै शुभकामना व्यक्त गर्नेहरू सबैलाई धन्यवाद दिँदै उनले नयाँ उपन्यासको ड्राफ्ट सकिएको बताएका हुन्। उनले उपन्यासको नाम र विषय भने खुलाएका छैनन्।
साहित्यपोस्टको तर्फबाट पनि बुद्धिसागरलाई धेरैधेरै शुभकामना ।