नेपाली फिल्म क्षेत्रमा केही नयाँ गर्न र नयाँ ट्यालेन्टलाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि एच.पी. इन्टरटेनमेन्टले ‘स्क्रिप्ट राइटिङ कम्पेटिसन’ गराउने भएको छ । उक्त स्क्रिप्ट फिल्मको स्क्रिप्ट हुनेछ, र विजेतालाई ५ लाख नगदद्वारा पुरस्कृत गरी विजेताको नाम फिल्ममा पनि उल्लेख गरिने जानकारी ।

यस प्रतियोगितामा सबै उमेर समूहले सहभागिता जनाउन सक्नेछन् भने भाग लिन कुनै प्रकारको शुल्क लाग्ने छैन । स्क्रिप्ट जुलाई अन्तिमसम्म पठाइसक्नुपर्नेछ | त्यो नितान्त आफ्नो रचना हुनु पर्नेछ।

फिल्म क्षेत्रकै निर्णायक राखिने भएकाले विजेता छनौटको सम्पूर्ण अधिकार निर्णायकको हातमा रहने छ भने विजेता छनौट निस्पक्ष हुने कुरा पनि एच.पी. इन्टरटेनमेन्टले जनाएको छ

प्रतियोगितासम्बन्धि थप जानकारी वेवसाइट (http://ppfilmy.com/) तथा फेसबुक पेज (https://www.facebook.com/ppfilmy/posts/120732806313271) मा हेर्न सकिने छ।