ललितपुरमा नेपालभाषा हाइकुसम्बन्धी त्रैमासिक पत्रिका सवाःको सार्वजनिकी तथा हाइजिनहरुको भेटघाट कार्यक्रम सम्पन्न भयो ।

नेवाः हाइकु ख्यःको आयोजनामा भएको सो समारोहमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सवाः पत्रिकाको विमोचन गर्दै जापानमा विकसित तथा स्थापित भएको हाइकु विधा नेपालमा पनि लोकप्रिय हुन थालेको छ भन्नुभयो । साथै उहाँले नेपाली हाइकुलाई आफ्नै पनसहित स्थापित गर्नुपर्ने पनि बताउनुभयो ।

हाइकु ख्यःका संयोजक सुरेश प्रधानले हाइकु लेखनबारे चर्चापरिचर्चा हुनथालेको र यसको उत्कृष्टताको लागि अब एउटा निश्चित अवधारणाको विकासतर्फ समालोचकहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा हाइजिन तुयु पुं र धर्म सिकर्मीले पनि मन्तव्य राख्नुका साथै प्रकाशन कार्यमा सघाउ पुर्‍याउने लेखक तथा सहयोगीहरुलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।

समारोहमा धु्रव मधिकर्मी, पुष्पराज राजकणर्िकार, मंगलनारायण जोशी, पौभा साय्मि, पूणर् ताम्राकार, नरेशबीर शाक्य, माणिक उराय, विमलप्रभा बज्राचार्य, भगतदास, भवानी तुलाधर, पूणर्िमा शाक्य, मिमल शर्मा, विजयरत्न लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।