नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको बालसाहित्यका दुई पुस्तक ‘मकरको कथा’ र ‘स्टोरी अफ मकर’ नामक बालचित्रकथाको परिचर्चा सम्पन्न भएको छ ।
बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यानमा आधारित रहेको छ । अंग्रेजी र नेपाली भाषामा प्रकाशित सो पुस्तकको अन्तरक्रिया वरिष्ठ साहियकार मोहन दुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
‘मकरको कथा’ र ‘स्टोरी अफ मकर’ दुई बालपुस्तकका बारेमा साहित्यकार गीता रेग्मी र कवि रामसुन्दर देउजाले टिप्पणी गरेका थिए । पुस्तक बालबालिकाहरूका लागि उपयोगी रहेको कुरा टिप्पणीकार द्वयले बताए । कथाभित्र सांस्कृतिक र धार्मिक स्वादसमेत भेटिने र कथा सन्देशमूलक र जीवनोपयोगी रहेको विचार पनि सो कार्यक्रममा ब्यक्त भएको छ । आकर्षक रंगीन चित्रकथाले सजिएको पुस्तकमा प्रकाश रंजितको चित्र छ ।
नेपाली साहित्यका कविता, निबन्ध, हाइकु, नियात्रा, कथा, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका दुई दर्जन भन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

