मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले राम्रो कृति सृजना गर्ने हो भने लेखकले परिश्रम गर्न थाक्न नहुने बताएकी छन् ।
बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले कृति केवल कोरा कल्पना मात्रै नभएर स्रष्टाको खोज्ने, अध्ययन गर्ने परिश्रमको प्रतिफल पनि हुने बताएकी हुन् । आफूले गरेको मिहिनेतलाई पाठकहरुले रुचाइदिएकोमा सन्तुष्ट भएको उनको भनाइ थियो ।
सन् २०१७ मा प्रकाशित योगमायाको बारेमा बोल्दै आफूले साना भन्दा साना कुराहरु जस्तै मौसम अनुसारको बाली, त्यो बेलाको लवजहरु जान्न पनि आफूले मिहिनेत गरेको बताइन् ।
साहित्यकार नीलम कार्की निहारिकाका मौन जीवन (उपन्यास, १९९४), नियतिको खेल (उपन्यास, १९९७), हवन (कथा संग्रह, २००६), नीलम कार्की निहारिकाका कविता (कविता संग्रह, २००६), ब्रेन फिभर (कविता संग्रह, २००६), कागजमा दस्तखत (कथा संग्रह, २००८), बेली (कथा संग्रह, २०१०), ‘अर्की आइमाई’ (उपन्यास, २०१३), चीरहरण (उपन्यास, २०१५) र योगमाया (उपन्यास, २०१७) प्रकाशन भइसकेका छन् ।
बुकाहोलिक्स साहित्य र पठन संस्कृतिको विकाशका लागि सक्रिय फेसबुक ग्रुप हो जसले लकडाउनमा स्रस्टासँग साक्षात्कार कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा हरेक दिन स्रष्टाहरु फेसबुक लाइभ मार्फत साक्षात्कारमा आउँने गर्छन् । अहिलेसम्म सो साक्षात्कारमा २० जना भन्दा बढि सर्जकहरुले आफ्नो लेखन अनुभव तथा रचना वाचन गरिसकेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

