घाेष्ट राइटिङ् नेपालका विद्यार्थीहरूद्वारा सञ्चालित कार्यक्रम मन्चविहिनकाे मन्च पुनः सुरू भएकाे छ ।  अघिल्लाे वर्षबाटै सञ्चालनमा आएकाे यस कार्यक्रम काेरना भाइरसकाे प्रकाेपका कारण राेकिएकाे थियाे ।

रामेश्वर रायकाे प्रमुख आतिथ्य रहेकाे काेराेनापछिकाे पहिलाे कार्यक्रम लकडाउन र काेरोना विशेष रह्यो । कार्यक्रममा बाेल्दै रायले भने, “उकुसमुकुसमय याे समयमा कविता ,मुक्तक तथा गीतहरूले जीवन जिउन सजिलो बनाएकाे छ । याे काव्य सभाले मलाई प्रभावित गरेकाे छ, सबै प्रतीभाहरुकाे रचना आफैँमा अमूल्य छन् ।”

कार्यक्रमकाे फरम्याट अनुसार प्रमुख अतिथिले रचनाकाे मूल्यांकन गर्ने र परिमार्जकाे लागि सुझाव दिने चलन छ ।

कार्यक्रमका सभापति तथा संरक्षक कमल ढकालले धेरैपछि कुन्जमा भएकाे गुन्जनले उत्साहित बनाएकाे बताए । ढकालले भने, “अब निरन्तरताकाे बाटाे सुरू भएकाे छ । हरेक महिनाकाे दाेस्राे शनिवार हुने अबकाे कार्यक्रम उपत्यकाबाहिर हुनेछ ।”

विशेष अतिथि देवेन्द्र केसी देवुले गीत गुनुगुनाउँदै कार्यक्रमकाे सफलताका लागि शुभकामना व्यक्त गरेकाे कार्यक्रमा कार्यक्रम संयाेजक गंगा खड्काले आफूहरुले कुन्ठित भएर बसेकाहरुलाई सम्बाेधन गर्दै भने, “जाे मन्च नपाएर बसेका छन् उनीहरुलाई समेटेर रचना र पुस्तक प्रकाशिन गर्ने हाम्राे लक्ष्य छ ।”

लीलामाया ढकालले सञ्चालन गरेकाे कार्यक्रममा आयाेजकका तर्फबाट शान्ता पाेखरेलले उपस्थित सबैलाई धन्यवाद अर्पण गरेकी थिइन् ।

चार जना महिलाहरु मिलेर सञ्चालन गरिएकाे मन्चविहिनकाे मन्चकाे संयाेजनमा गंगा खड्का , शान्ता पाेखरेल , रेजु पाेखरेल र लिलामाया ढकाल हुनुहुन्छ । यसअघि मन्च नपाउनेहरुलाई मन्च दिँदै मन्चविहिनकाे मन्चले लप्सीफेदीकाे वृद्धाश्रममा , अनाथ टुहुरा भएकाे ठाउँ पवित्र समाजसेवामा , बेचिएकी चेलीहरुकाे लागि खटिएकाे संस्था सुनिता फाउन्डेसनमा , भ्यालीबाहिर बन्दीपुरकाे दुर्गम ठाउँकाे एक स्कुललगायतका ठाउँमा कार्यक्रम गरिसकेकाे छ ।

साे कार्यक्रमको रचना वाचकहरुमा अनुराधा शर्मा “बुझाैँ अनि सदा सचेत रहूँ”, निर्मला बराल “हाम्राे सुन्दर फुलवारीमा काेरना”, रुद्र अधिकारी (मुक्तक), बिमला अधिकारी (देवकाेटा डाली), बबिता थापा (आमा), प्रज्ञा खनाल (मलाई दाइजाे चाहिन्छ), कुसुम भटराई (प्रेमकाे भाइरस), पवित्रा दाहाल (देश नबेच तिमी), उत्तम विचार (भेटिन्न झैँ डाक्टर), मृत्युन्जय झा (गीत), कविता सिर्जना शर्मा (मुक्तक), खगेन्द्र घिमिरे (बार्दलीबाट) लगायत रहेका थिए ।