
काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार गोविन्दराज विनोदीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान २०८१’ प्रदान गर्ने भएको छ।
प्रतिष्ठानले यही चैत्र ३० गते शनिवार एक कार्यक्रमका बीच विनोदीलाई १० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो।
मदन पुरस्कार विजेता लीलाध्वज थापाको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा साहित्यमा विनोदीको विशिष्ट योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागेको हो। कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, बालकवितासङ्ग्रह, समीक्षासङ्ग्रह, गजलसङ्ग्रह लगायत डेढ दर्जन भन्दा बढी कृतिहरूका माध्यमबाट नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनुभएका विनोदीको बहुआयामिक साहित्यिक सिर्जनालाई प्रतिष्ठानले उच्च मूल्याङ्कन गरेको छ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार, यो सम्मान कार्यक्रम अपराह्न १२ः३० बजे बाल नमुना विद्यालय, बालुवाटारमा आयोजना गरिनेछ। कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गर्नेछन्। प्रतिष्ठानले हालसम्म ८९ जना स्रष्टालाई यो सम्मान प्रदान गरिसकेको छ। विनोदीलाई प्रदान गरिने यो ९० औँ ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ हुनेछ। यो सम्मानले नेपाली साहित्य जगत्मा विनोदीको योगदानको पुनः स्मरण गराउनुका साथै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

