
काठमाडौँ । लेखक पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’ काठमाडौंमा सार्वजनिक भएको छ । समारोहमा स्रष्टा प्रा.डा. कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईं र लेखककी जीवनसाथी सुजाता चम्लागाईंले संयुक्त रुपमा उपन्यास सार्वजनिक गर्नुभएको थियो । इन्डिगो इन्कले यस उपन्यासलाई प्रकाशन गरेको हो।
कार्यक्रममा बोल्दै लेखक बजगाईंले आफूले देखे, सुने र अनुभव गरेका विषयवस्तुलाई नै उपन्यासमा समेटिएको बताउनुभयो । उहाँले आफ्नो सिर्जनात्मक यात्रा र उपन्यास लेखनको अनुभवबारे पनि प्रकाश पार्नुभयो ।
विख्यात साहित्यकार घनेन्द्र ओझाले ‘नीलो प्रेम’ विशेष गरी किशोरकिशोरीको प्रेमलाई केन्द्रमा राखेर लेखिएको बताउनुभयो । उहाँले यस उपन्यासलाई आदर्श प्रेमको पक्षमा रहेको उल्लेख गर्दै यो उपन्यास सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको धारणा राख्नुभयो।
त्यस्तै, प्रा.डा. कृष्णहरि बरालले उपन्यास लेखनका विविध सैद्धान्तिक पक्षहरूको चर्चा गर्दै ‘नीलो प्रेम’ ले उपन्यासका सीमा र मान्यतालाई सफलतापूर्वक आत्मसात गरेको बताउनुभयो । उहाँले उपन्यासको साहित्यिक महत्व र मौलिकतालाई पनि प्रशंसा गर्नुभयो ।
समग्रमा, ‘नीलो प्रेम’ को सार्वजनिकरणले नेपाली साहित्य जगतमा उत्साह थपेको छ र यस उपन्यासले पाठकहरूको मन जित्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

