
लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छपहिलो संस्करण १७ वर्षअघि प्रकाशित यस पुस्तकको बजारमा अप्राप्य भएकाले नयाँ संस्करण निकालिएको बताइएको छ ।

सुमति वज्राचार्य
नयाँ संस्करणको विमोचन खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।
विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पु-याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो ।
नयाँ संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ । पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पु-याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ ।
पुस्तकको पुनः प्रकाशनले काठमाडौँको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू र आम पाठकहरूलाई महत्त्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

