काठमाडौं । ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंले आयोजना गरेको ‘विश्व कविता महोत्सव २०२५’ चैत्र ९ गते शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट गरी १ सय जना कवि तथा साहित्यकारहरूको सहभागिता रहेको यस महोत्सवमा कविता वाचन तथा साहित्यिक विचार आदानप्रदान गरिएको थियो ।

महोत्सवमा प्रमुख अतिथि विश्व कवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले साहित्य र कविताको समाज जागरणमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस किसिमका आयोजनाले नेपाली साहित्यलाई विश्व मञ्चमा उभ्याउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । मणिराज सिंहको अध्यक्षतामा सम्पन्न महोत्सवमा डा. बेन्जु शर्मा, भगिरथी श्रेष्ठ, प्रा.डा. भरत भट्टराई, प्रा.डा. विप्लव ढकाल, ज्ञान उदास, नरेन्द्रराज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी, प्रभा भट्टराई, रविन्द्र आशिष शैली, सुनिता कन्दङ्वा राई, डा. शेखरकुमार श्रेष्ठ लगायतका साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा दिल पौडेल, शेखर गिरी, रविन्द्र आशिष शैली, सुरेश सुवेदी, रेणु घिमिरे, तोयानाथ सुवेदी, एल.पी. पराजुली, बलराम दहाल, भैरवी भूगोल, राधिका गुरागाईं, अनिल श्रेष्ठ, किशन पौडेल, ज्योति जंगल, महेशराज खरेल, दिनेशकुमार शर्मा, राजाराम राउत, सबिता श्रेष्ठ बेहोसी, देवेन्द्र नेपाल, सन्ध्या जोशी लगायत थुप्रै कविहरूको सहभागिता थियो। बुद्धिमान महर्जन, सम्पादिका ढुङ्गाना, असीम सागर, नीरा श्रेष्ठ, योगराज राजन, प्रमोद सारङ्ग, रचना गुरुङ, सरिता राई, श्याम श्रेष्ठ, सुनिता अधिकारी, योगराज पाण्डे, सुप्रिया अन्जली, सुधा मैनाली, अस्मिता श्रेष्ठ, चन्द्रलाल तामाङ, सुशान्त के.सी., कृष्णकुमार श्रेष्ठ, रुद्र अधिकारी, सुप्रियान्जली घिमिरे, मिथिला अधिकारी, दिलबहादुर चौधरी, राधेश्याम लेकाली, यशोदा अधिकारी, रामनारायण देव, द्वारिका ढुङ्गाना, सरिता बलामी, सुष्मिता श्रेष्ठ, नवोदिता शर्मा, बाबुराम श्रेष्ठ यात्री, रोमा लम्साल, सुमन पण्डित, सविता पोखरेल, अन्जु सापकोटा, हीरा राई, शुभचन्द्र राई, घनश्याम श्रेष्ठ, रमा वली लगायतका कविहरूले आफ्ना मौलिक रचना प्रस्तुत गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो।

उषा आचार्य र अन्जु सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने श्यामप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि प्रा. दिवसले पानसमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभएको थियो । महोत्सवको पहिलो चरणमा कविता वाचन र दोस्रो चरणमा सम्मान तथा मन्तव्य कार्यक्रम समावेश थियो । संगीतकार तथा गायक प्रदीप बम्जनले राष्ट्रिय गीत र पूर्वेली गीत गायन प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो ।

ज्योति साहित्य प्रतिष्ठानले यस महोत्सवले कविहरूबीच सृजनात्मक आदानप्रदानलाई बढावा दिएको र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सहयोग गरेको बताउनुभएको छ ।