
काठमाडौँ । ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार–२०८१’ नवप्रज्ञापन पत्रिकालाई प्रदान गरिने भएको छ। नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा २०८१ चैत्र २ गते बसेको बैठकले यो निर्णय गरेको हो।
बारा, मधेश प्रदेशको जीतपुरमा कार्यालय रहेको नवप्रज्ञापन पत्रिका ३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ। नवराज रिजालको सम्पादन तथा प्रकाशनमा रहेको यस पत्रिका २०५० साल श्रावण महिनादेखि नियमित प्रकाशित हुँदै आएको छ र २०७७ सालमा प्रेस काउन्सिलको साहित्यिक पत्रकारिता पुरस्कार समेत प्राप्त गरिसकेको छ।
आउँदो चैत्र २२ गते एक विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ। पुरस्कारमा नगद २५ हजार रुपैयाँ रहेको छ। यसअघि यो पुरस्कार ‘रचना’ का सम्पादक रोचक घिमिरे, ‘दायित्व’ का सम्पादक रामप्रसाद पन्त र ‘जूही’ का सम्पादक चूडामणि रेग्मीले प्राप्त गरिसक्नुभएको छ । नवप्रज्ञापन पत्रिकाले प्राप्त गरेको यस पुरस्कारले लामो समयदेखि साहित्यिक पत्रकारितामा योगदान पुर्याउँदै आएको पत्रिकालाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

