
नेपाली समाजको यथार्थलाई समेटेर ‘साइँलो नरमाइलो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा धादिङका गायक सुरेश बानियाँको आवाज रहेको छ ।
गीतकार कृष्ण शताब्दीको शब्द तथा उहाँकै सङ्गीत रहेको गीत गीतकारकै युट्युब च्यानलमार्फत गत जुन ९ तारिख सार्वजनिक गरिएको हो ।
गायक बानियाँ लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्छ । प्रवासमै बसेर उहाँ नेपाली लोक गायनमा सक्रिय रहँदै आउनुभएको छ ।
सञ्जीवनी डिजिटलको प्रस्तुति रहेको यस गीतमा जय देवकोटा र छवि बास्ताकोटीले गायक बानियाँलाई आवाजमा साथ दिनुभएको छ ।
विनोद भण्डारीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा विनोद भण्डारी, अनिल पौडेल र मनिषा लामाको मुख्य अभिनय देख्न सकिन्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
