पुल्चोक क्याम्पस, सिभिल इन्जिनियरिङ विद्यार्थी समाजले देशव्यापी खुला कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । समाजले यही माघ २० गतेबाट ३ दिने कार्यक्रममा कविता प्रतियोगिता गर्न लागेकाे हो ।

देशव्यापी खुल्ला कविता प्रतियोगितामा देशभरका साहित्यप्रेमीहरूलाई कविता लेखी पठाउन समाजले अनुरोध गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने कविताका स्रष्टालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार राशिसहित सम्मान पत्र प्रदान गरिने समाजले जनाएकाे छ ।

सन् २००४ मा स्थापना भएको समाजले हरेक वर्ष देशव्यापी रूपमा कविता प्रतियोगिताको साथै अरू पनि थुप्रै कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ३ दिने कार्यक्रममा अरू पनि अरू पनि थुप्रै कार्यक्रमहरू रहेका छन् । ती कार्यक्रमहरूमध्ये ‘IOE Poetry Champ 5.0’ मुख्य कार्यक्रम हो ।

प्रतियोगिताका लागि प्राप्त हुने कविताहरूमध्ये पहिलो चरणमा १५ ओटा कविताहरू छनोट गरिने छ । छनोटमा परेका १५ कवितालाई माघ २० गते पुल्चोकमा आयोजित कार्यक्रममा वाचन गर्न निम्त्याइने छ । साथै, अन्तिम निर्णय पनि त्यही दिन सार्वजनिक गरिने छ ।

कविता पठाउने ठेगाना  (ioepoetrychamp5@gmail.com) रहेको छ ।

प्रतियोगिता सम्बन्धी आवश्यक जानकारी:

– कवि नेपाली नागरिक हुनुपर्ने छ ।

– कविता  नेपाली भाषामा लेखिनुपर्ने छ । सो कविता कविको अप्रकाशित आफ्नै मौलिक रचना हुनुपर्ने छ ।

– कविता ,कविको इच्छाअनुसार जुनसुकै शीर्षकमा लेख्न सकिनेछ तर कुनै पनि व्यक्ति, जाति ,समुदाय , लिङ्ग , धर्म, संस्कृतिलाई आघात पुर्याउन पाइने छैन ।

– हरेक प्रतियोगिले एउटा मात्र कविता पठाउनुपर्ने छ । एकभन्दा बढि कविता प्राप्त भएको खन्डमा प्रथमप्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिने छ ।

– प्रतियोगीले आफ्नो नाम, ठेगाना, स्पष्ट खुलाई, अध्ययनरत संस्थाको नाम ( विद्यार्थीहरुको लागि मात्र) , आफ्नो फोन नम्बर उल्लेख गरी ioepoetrychamp5@gmail.com मा आगामी माघ १३ गते बेलुका १२ बजेसम्म कविता पठाइसक्नुपर्ने छ । कविता CESS Nepal ले उपलब्ध गराएको गुगल फर्म मार्फत पनि पठाउन सकिन्छ ।

– अथिति कविहरूको कविता पनि श्रवण गर्ने अवसर प्राप्त हुने छ । देशका विभिन्न ठाउँबाट कविहरू आउनु हुने भएकाले यो राम्रो अवरर पनि हो कविहरूको लागि !

– प्राप्त रचनाहरु मध्यबाट उत्कृष्ट कविताहरु छनोट गरिने छ र छनोट हुनु भएका कविहरुलाई कविता वाचनका निम्ति माघ २० गते पुल्चोक क्याम्पसमा बोलाइनेछ । २० गते निर्णायकहरुले कविहरुको कविताको साथै कविता वाचन गर्ने शिल्पलाई पनि मध्यनजर गर्दै अन्तिम परिणाम सुनाउनु हुनेछ ।