
प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्म जयन्तीको अवसरमा साहित्य संगम चितवनले दुई जना स्रष्टालाई सम्मान गर्ने भएको छ । २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्राडा. कर्णबहादुर बानियाँ सम्मानित हुन लागेका हुन् ।
‘डिल्लीराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८०’ बाट कवि, गजलकार तथा समीक्षक रमेश प्रभात पुरस्कृत हुन लागेका हुन् । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र उनको परिवारजनले स्थापना गरेका हुन् ।
यसैगरी, ‘खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८०’ बाट इतिहासविद् तथा साहित्यकार प्राडा. कर्णबहादुर बानियाँलाई पुरस्कृत गर्न लागिएको हो । यो पुरस्कार साहित्यकार खनाल रेवती रमण र उनको परिवारजनले स्थापना गरेका हुन् ।
पुस १५ गते दिउँसो १ बजे नारायणी नमूना मावि भरतपुरमा कार्यक्रम आयोजना गरी स्रस्टाद्वयलाई सम्मान गरिने अध्यक्ष चापागाईंले बताए ।
सम्मानित हुन लागेका रमेश प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् भने कर्णबहादुर बानियाँ सेवा निवृत्त प्राध्यापक हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

हेटौँडामा स्व. स्रष्टाद्वय अप्सरा तिम्सिना र दीपक मुडवरीलाई सम्झँदै रचनावाचन कार्यक्रम
