अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सास च्याप्टरको आयोजनामा गोविन्द गिरी प्रेरणा लिखित ख्यातिप्राप्त लेखिका पारिजातकोजीवनी कृति “सुश्री पारिजात”को चर्चा मे २८ मा आयोजना गरियो ।
कार्यक्रमको शुरूमा कवि भीम कार्कीले गोविन्द गिरी प्रेरणाको परिचय प्रस्तुत गर्दै तीसको दशकदेखि सक्रिय साहित्यकारले नेपालदेखि अमेरिकासम्म निरन्तर लेखनमा सक्रिय भएको आफूले प्रत्यक्ष देखेको बताउनु भयो ।
सुश्री पारिजात कृतिमाथि आफ्नो धारणा प्रस्तुत गर्दै साहित्यकार कृष्ण कुसुमले आफूले किताब नपढुन्जेल जीवनीकोआधिकारिकताको विषयमा सन्देह रहेको तर कृति पढेपछि सबै सन्देह मेटिएको तथा पुस्तकमा सबै कुरा प्रमाणित हुने प्रमाणहरू उद्धृतभएकाले आधिकारिकताको सबै सन्देह समाप्त भएको बताउनु भयो ।
अर्का वक्ता बासु शर्माले “सुश्री पारिजात” को प्रकाशनले पारिजातको बारेमा अध्ययन अनुसन्धान गर्नेहरूको लागि गम्भीर स्रोत भएको उहाँको कथन थियो ।
कार्यक्रममा “सुश्री पारिजात” का लेखक गोविन्द गिरी प्रेरणाले पुस्तक लेखनदेखि प्रकाशनसम्मको आफ्नो बीस वर्षे अध्ययन, अनुसन्धान र पुस्तक लेखनको यात्राको बारेमा बताउनु भयो ।
तत्पश्चात कार्यक्रममा उपस्थित दर्शक श्रोताहरूले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ प्रेरणाले दिनुभएको थियो ।
सो समारोह अनेसास ट्याक्सास च्याप्टरका अध्यक्ष निर्मला राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमक संचालन सुमन कार्कीले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

