
मकालु प्रकाशन गृहद्वारा प्रकाशित तीन पुस्तक एकसाथ सार्वजनिक गरेको छ । प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ती पुस्तक लोकार्पण गर्नुभयो ।
कार्यक्रममा वासुदेव ढकालको ‘चिनियाँयात्री फाहियानको यात्रा विवरण’, चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ र गंगाप्रसाद उप्रेतीको नेपाली कविता कृति ‘चक्रव्यूह’को अंग्रेजी अनुवाद ‘एन इम्पेन्टरेवल फोर्टीफिकेसन’ लोकार्पण गरिएको थियो ।
कृतिहरू सार्वजनिक गर्दै प्रमुख अतिथि श्रेष्ठले पुस्तकले हरेक मानिसलाई एउटा दृष्टिकोण निर्माण गर्न शिक्षा दिने बताउनुभयो ।
तीनै पुस्तकमाथि साहित्यकार गंगाप्रसाद उप्रेती, चीनका लागि पूर्व राजदूत लीलामणि पौडेल र समालोचक महेश पौड्यालले समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा मकालु प्रकाशनका प्रबन्ध निर्देशक तथा विमोचित एक पुस्तकका लेखक वासुदेव ढकालले कोभिडका कारण प्रकाशन व्यवसायले भोग्नु परेको पीडा उल्लेख गर्दै यता तिर राज्यले हेर्नुपर्ने बताए । कार्यक्रममा चिनिया दूतावासका अधिकारीहरूको पनि उपस्थिति थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

