
मिरिक नगरपालिका पुस्तकालयको सभाहलमा साहित्य सुनौँ परिवार मिरिकको साधारण सभाको सन्दर्भमा मासिक कवितावाचन पनि सम्पन्न भएको छ ।
दुई सत्रमा सम्पन्न कार्यक्रममा विभिन्न भावी कार्यक्रमहरूको निर्णय सर्वसहमतबाट पारित भए भने विभिन्न अग्रज तथा अनुज पुस्ताबाट समसामयिक विषयका रचनाहरू पनि प्रस्तुत गरिए ।
विशेष संस्थाका संस्थागत निणर्यहरूमा- केही समयअघि संस्थाका सदस्य कथाकार अजम प्रधानको कथासङ्ग्रह ‘चियावाला सरदार’को विमोचन भएको थियो । १९ मार्च २०२३ का दिन स्थानीय मिरिकको व्यावसायिक सङ्गठन भवनमा संस्थाको चौथो अङ्क (धनवीर पुरी र कमला राई स्मृति विशेषाङ्क) लोकार्पण गर्ने निर्णय गरियो ।
त्यसैगरी संस्थाका आजीवन सदस्यद्वय दीप मिलन प्रधान र बालकृष्ण शर्मासँगै केही स्रष्टाहरूलाई विभिन्न स्रष्टाका नामाङ्कित सम्मानहरू पनि हस्तान्तरण गर्ने निणर्य गरियो जसमा- स्रष्टा पुरस्कार २०२१ द्वारा सम्मानित प्रापक राजबहादुर राई, तथागत सृजन सम्मान २०२१- प्रापक विनोद प्रसाईं, स्वणर् कलम पुरस्कार २०२२- प्रापक केसाङ्ग लामा, तथागत सृजन सम्मान २०२२- प्रापक शीला लामा, सृजन सम्मान २०२२- प्रापक विष्णुकुमार बराइली, तथागत गौरव सम्मान २०२३- प्रापक कमला तामाङ आदि निणर्यका साथ थप लेखनाथ घिमिरे सम्मान- अजम प्रधान, पत्रिका आवरण सज्जाको निम्ति रोशन दियाली, “पानीको संरक्षणमा” विद्यावारिधि प्रापक शुभेच्छा घतानी आदि व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने निर्णय भएको छ ।
सोही क्रममा आगामी दिनमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती र भाषादिवससमेत संस्था आफैँले (साहित्य सुनौँ परिवार मिरिक) मनाउने निर्णय पनि गरिएको छ । यी भावी कार्यक्रमहरूको उचित व्यवस्थापनसम्बन्धी कार्यअन्तर्गत सूचनार्थ र चिह्न बनाउने जिम्मा स्रष्टात्रय दीप प्रधान, कमला तामाङ र अजम प्रधानलाई प्रदान गरिएको छ ।
स्रष्टाद्वय अमर दुङ्माली र सुकवीर थापाको समेत उपस्थिति रहेको कार्यक्रमको दोस्रो सत्र रचनावाचनको भएकाले अझ सशक्त बनेको थियो ।
कार्यक्रममा जिनर घतानी- ‘म यौटा कविता कोर्छु’ शीर्षकको यथार्थवादी कविता, सुकबहादुर गजमेरले अटलविहारी वाजपेयीको हिन्दी कविता- ‘उमरक ओऐसी कैसी’, अनिलमणि प्रधान- ‘दृष्य’, गणेशबहादुर बराइली- ‘परोकाष्ट’, गोकुल रसाइली दुई गजल, कमला तामाङ- ‘सत्य’ (लघुकथा), अजम प्रधान- ‘यसपालीको वसन्त’, शीला लामा- ‘मेरो कविता’ आदि स्रष्टाहरूद्वारा सिर्जना भएको थियो । वाचित रचनामाथि कथ्य समीक्षा गर्दै स्रष्टा राजबहादुर राईले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
साहित्यकार राजबहादुर राईको अध्यक्षता, सुकवीर थापाको प्रमुख आतिथ्य तथा अरू थप केही स्रष्टाहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रम मञ्चासिन अतिथिबाट तुल अनावरण गरी उदघाटन गरिएको थियो । कथाकार दीप प्रधानद्वारा उपस्थित सहभागीहरूलाई स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको कार्यक्रममा शीला लामाको सहजीकरण रहेको प्रेषकद्वय संस्थाका प्रचारप्रसार समिति सचिव सुकबहादुर गजमेर र संस्था सह- सचिव कथाकार दीप प्रधानले जानकारी दिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

