कोरोनाको यो त्रास माझ
अन्तिम सत्य तिमी हौ खास
हलाहल बिष पिउने तिमी
हे निलकण्ठ सम्हाल आज ।।


मान्छेसँग मान्छे डराउने दिन आयो
ज्वरो आए रुंदै कराउने दिन आयो
आँखाले नै नदेखिने सानो जीवाणुले
सिङ्खो विश्वलाई हराउने दिन आयो ।।


बुझ्नै कठिन् भो हुँदै गो भयानक
किन आयो होला यो व्याधी अचानक
कतै प्रकृति नै रिसाएको हो कि ?
सजाय पो हो कि इश्वरको आक्रामक ।।