सुरज उपाध्याय

गीत 

घाँस दाउरा गर्दै हौली नौडाँडाको  भिरमा
लालुपाते सुनाखरी फुलाेस् तिम्रो  शिरमा ।
कहिले भेट होला भनी औंला गन्दै हौली
निठुरिले किन माया मार्यो भन्दै    हौली
उता तिमी धम्पुसमा म छु  मर्दी तिरमा
लालुपाते सुनाखरी फुलाेस् तिम्रो शिरमा ।
भेट्न आउछु कुनै बेला टाढा भए पनि
बीच बाटोमा अग्ला अग्ला डाँडा भए पनि ।
पिरले ज्यान लिन्छ सानू नबस्नु है पिरमा
लालुपाते सुनाखरी फुलाेस् तिम्रो शिरमा ।