आचार्य प्रभा

प्रवासको मनको पीडा कसरी म पोखुँ
आफन्तको यादमा झर्ने आँसु किन रोकुँ

मन न हो मान्दैन, चुपचाप बसुँभन्दा
मुटु न हो धड्किदिन्छ कसरी म थामुँ

हररात जागै हुन्छु सम्झनाले सताएर
आँखा बन्द गर्न खोज्छु, निद्रालाई फकाएर

एकान्तमा पिरोलिन्छु आफन्तकै यादमा
सम्झनामा अत्तालिन्छु अनायासै रातमा

 

कोलोराडो, अमेरिका