हाइकुहरू

प्रकाश खडका
१.सम्झने मन
खाटो बसेको घाउ
दुख्छ रातमा ।
२.धड्कने मुटु
जलनको ओखति
आशुको थोपा ।
३.धर्म संस्कृति
बिधुवा आइमाई
सेतो कपडा ।
४.चिसो सिरेठो
पात झर्ने मौसम
नया पालुवा ।
५.बाबाको मृत्यु
टुहुरा छोराछोरी
आमा पोइल ।
६.पौडन जाने
संघर्सको मैदान
जित्छ उसैले ।
७.पेटको लागि
न्युन पारिश्रमिक
बाल शोषण ।
भक्तपुर / हालः बोस्टन, अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
