त्रिभुवन चन्द्र वाग्ले

झरीको दिन
दुई कप दूधले
ज्यान ततायो

लामो घिरौंला
झोलामा हाल्न भन्दै
असन गएँ

जेठको झरी
रुझेको राजमार्ग
चिप्लो स्टेरिङ

रुझेको शिर
खोलन तिम्रो छाता
भित्र राख्नेछु

झरीको जुका
किन तन्केको होला
पर्नेछ डल्लो

भरीले तामा
ठाडिदै उम्रिएछ
मिठो अचार

भिजेको शिर
खोलिदेऊ सिउँदो
रङ हाल्ने छु

नागको बच्चा
प्वालमा पसेको छ
फेरि आउँछ

झरीको मुसो
बाहिर, भित्र गर्छ
तुरन्तै थाक्छ

झरीको दिन
सागपात केलाऊँ
फर्सी खेलाऔं