१.
लुट्छ उमेर
हरेक सूर्याेदय
उज्यालो दिई ।

२.
एकै शब्दमा
महाकाव्य लेखियो
’आमा’ भनेर ।

३.
चन्द्र उदायो
सम्झिएँ तिमीलाई
दुरुस्तै थियोे ।

४.
पूरानो घाउ
खाटा बस्नै सकेन
बल्झिन्छ सधँै ।

५.
नक्सामा आफ्नो
रजगज अर्कैको
मेरो जमिन ।

६.
कहिले सुस्ता
कहिले कालापानी
देश दुख्दैछ ।

७.
मिलेर बाँचौ
माटोको भर ईंटा
ईंटाको माटा ।

८.
दुखेको मन
परेली बाँध खोल्दै
तप्प चुहियो ।

९.
मायाको फूल
फुलाउन खोजेको
बोटै सरेन ।

१०.
आफैं देखेर
लठ्ठिए ऋतुराज
मुस्कायो फूल ।