पल पलमा भीडको लडाई, लड्दै बाँचेँम आजसम्म
सत्ता यिनै नेताहरूलाई भन्दै साँचेम आजसम्म ।।
के पायौँ खै ? सोझा साझा निमुखा यी जनताले
भ्रष्टहरूकै देश लुट्ने तालमैं नाँचेम आजसम्म ।।
सिङ्गापुर र स्विजरल्यान्डको, क्या ! सपना बाँडे कठै
बहकिंदै यस्ता गफमा ! पौरख भाँचेम आजसम्म ।।
सरकारलाई बुझ्ने मौका, कोरोनाले झनै दियो
अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।।
के पाएम खै ? सोझा साझा निमुखा यी जनताले
अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
