मालिकले दासलाई वास्त गर्दैनन् अचेल
मलामीले लासलाई वास्त गर्दैनन् अचेल ।।
के हँुदैछ हाम्रो देशमा अहिले यो सरकार !
गाँस बास कपासलाई वास्त गर्दैनन् अचेल ।।
नहुनेहरू त नहुने नै भए के दिन सकिन्छ र ?
थन्किएको रासलाई वास्त गर्दैनन् अचेल ।।
कृतिम रंगहरूमा खुसी लेख्न बानी परेकाले
फूलको सुभाषलाई वास्त गर्दैनन् अचेल ।।
क्षितिज हेरेर गन्तव्य कोर्नेहरूले हो सायद
आफ्नै खासलाई वास्त गर्दैनन् अचेल ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
