ईर्ष्या गरी कसैप्रति, हुन्न कैल्यै जल्नु हुन्न
जानी–जानी खाल्डोमाथि खुट्टा पारी ढल्नु हुन्न ।
चिसोलाई राप दिनू, न्यानो पारी सेक्नु मात्र
मनै सखाप पार्ने गरी आगो कैल्यै बल्नु हुन्न ।
जिन्दगीको रथ हाँक्न हिम्मत लिन सक्नुपर्छ
सानातिना ठक्करबाट हरेस खाई गल्नु हुन्न ।
स्वविवेकले यात्रा गरे सन्तुष्टिको फल मिल्छ
अरू सबको इशारामा यन्त्र भई चल्नु हुन्न ।
सबैलाई उल्लु बनाई ढाँट्न पनि सकिएला
असत्यको बाटो रोजी आफैँलाई छल्नु हुन्न ।
कोलोराडो, अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
