नसोध भयो ! जीवन कसरी चल्दैछ
ज्यान बन्दी छ मुटु घरीघरी चल्दैछ ।।

मेरो पनि देश छ भेटौला कुनैदिन
सोध्नेछु देशमा किन लैबरी चल्दैछ ।।

शान्त छन् महलहरू सहर भित्रका
झुपडीमा मात्रै ठूलो हुण्डरी चल्दैछ ।।

पल्ला घरेले सीमाना वर सारेपछी
बिना आँगन यो घर सुस्तरी चल्दैछ ।।

हाम्रो दोष छँदै छैन हामी छुट्टिनुमा
देशमा अझै जातको पगरी चल्दैछ ।।