उसले पीडा मात्रै खेप्नुपर्यो साथ दिएर पनि
धिकार्न छोडेन यो समाजले आज मारिएर पनि ।।
मैले सम्झिएर पनि बिर्सिन सकिन जानेहरूलाई
जानेहरू सम्झिएरै गएका हुन् बिर्सिएर पनि ।।
ऐना र दिल उस्तै लाग्छ टुट्यो भने सकिन्छन्
बरू भित्तेपात्रोले साथ दिन्छ आफू झुण्डिएर पनि ।।
कसैको सिन्दुर पनि एक पलको सौभाग्य रहेछ
कसैको दुर्भाग्य भर्खर सकियो भर्खर रङ्गिएर पनि ।।
तिमी सानो नदी भएर पनि सागर कहलियौ
म बगरको बगर नै रहेँ नदीको स्वरुप बद्लिएर पनि ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
