हरपल हरक्षण तिमीलाई पाउँछु एकान्तमा
बोलाऊ मात्र मलाई आउँछु एकान्तमा

आँखामा आँखा जुधाउँदै कुरा गर्ने रहर छ
तिमीलाई सम्झीसम्झी टोलाउँछु एकान्तमा

कहिले रिसाउँछौ त कहिले घुर्काउँछौ मलाई
अन्जानमा गल्ती गर्छु अनि पछुताउँछु एकान्तमा

तिमीसँग कुरा नगरी निद्रा लाग्दैन रातमा
तिम्रो बोली नसुन्दा म छटपटाउँछु एकान्तमा