कि सरकार मा हुनुपर्यो, कि सरकारी जगिरे
नत्र जीवन अभावमा हुन्छ नेपालमा ।।
लुट्न पनि नजान्ने, ढाट्न पनि नजान्ने
सोझा साझालाई कसले सुन्छ नेपालमा ।।
धन भन्दा विद्या ठूलो, यो त भन्ने कुरा न हो
भ्रष्ट लुटेरा छाडी अरूलाई,कस्ले चुन्छ नेपालमा ।।
धमिलो पानीमा माछा मार्ने, बानी परेका धेरै छन्
जसरी पनि कमाउने धून छ नेपालमा ।।
विदेशिनु कसको रहर हुन्छ र बाध्यताले मार्छ
सदियाँै देखि पितापुर्खाको खुन छ नेपालमा ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
