कालो कोइलाहरु सँगै, हिरा हुन सक्छ
छुच्ची केटीको नाम पनि मीरा हुन सक्छ
के हुन सक्दैन र, यहाँ जे पनि छ सम्भव
बिहान उठ्दा खेत चिराचिरा हुन सक्छ
राजनीति हो मित्र, तिमी बुझ्दैनौ कच्चै छौ
छिर्दा हात्ति, निस्किदा त जिरा हुन सक्छ
पण्डितजी थोरै सुँघेर मात्र पिउनु होला है
कतै कतै पानीकै रङको मदिरा हुन सक्छ
प्रसाद हो भन्दैमा देउतैले कहाँ जोगाउँछन्
म भन्दै थिएँ त हेरेर खाऊ, कीरा हुन सक्छ
बेसिशहर न.पा. २, भकुण्डे, लमजुङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
