कस्ले केके सुनाइदियो नानाथरी बेकारमा
नखेलाऊ फाल्तु कुरा मनभरी बेकारमा
भएजति वाचा कसम खुवाउँदा पुगेन र !
अझै पनि केको शंका घरीघरी बेकारमा
देखे पनि नदेखे झैं गरिदिए भैगयो त !
किन हेर्छौ पारिबाट आँखा तरी बेकारमा
फूललाई फूलजस्तै मुस्कुराएको सुहाउँछ
नबिगार रुप आफ्नो ठुस्स परी बेकारमा
‘माया साटौँ, खुशी बाडौँ बाचुन्जेल’ भनेको हुँ
कस्को जुनी छ र यहाँ अजम्बरी बेकारमा
(अध्यक्ष, अनेसास डेनमार्क च्याप्टर)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
