खोला र नाला यी भीर पाखा कस्ले बनायो ?
मानवहरूमा काला र गोरा कस्ले बनायो ?
जन्मिन्छ मान्छे एक्लै र मर्दा एक्लै हुने छ
मन्दिर र मस्जिद यो धर्म, नाता कस्ले बनायो ?
यो रात यो दिन आकाश, धर्ती मान्छे र पंछी
त्यैं भित्र बादल, घनघोर मेघा कस्ले बनायो ?
नेपाल मेरो अग्लो हिमालय यी फूल लहरा
सौन्दर्यताले भरपूर्ण आहा कस्ले बनायो ?
कस्ले बनायो आगो र पानी यो घाम जून
त्यो चन्द्रमा ती तारा उज्याला कस्ले बनायो ?
बहर मुतकारिब अश्लम
रुपन्देही



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
