यो मन बारबार प्रश्न उत्तरमा लाग्यो,
पत्थर दिलमा या दिल पत्थरमा लाग्यो।

यो शहर पनि गाउँ बनाउने थियो सोच,
म हारेँ, जब गाउँकै मन शहरमा लाग्यो ।

यो नजर हुन्छ हरेक ठाउँ ज्यानमारा,
मर्‍यो रावण जब सीता नजरमा लाग्यो।

उफ्री खेल्दै आयो गयो त्यो खोलाको लहर।
मिलन सागरमा, बिछोड बगरमा लाग्यो।

एक चिताले देखायो जीवनको गन्तव्य,
यी पाइला घाट हिँड्ने तरखरमा लाग्यो ।

झापा,
हाल – कुवेत