
धर्मिला कार्की
अब उसलाई कहिल्यै मेरो साथ चाहिन्न रे
मेरो माया उसको मनमुटुमा मात्रै अटिन्न रे ।।
मुटु चोइटाई गयौ अब नयन पढ भन्दा
कृष्णलीला पढिसकेँ भन्यो गीता पढिन्न रे ।।
आजकाल नदी किनार धाउन छोडेको छ ऊ
सुन्दैछु हीरा भेटेपछि अब सुन खोजिन्न रे ।।
हिजो तिम्रो याद कसरी आउँछ र यार भन्दै थियो
दुनियाँले स्वार्थविना भगवान्लाई त सम्झिन्न रे ।।
अवसरलाई चिन्न सकेनौ त म के भनूँ र खै
जूनको उज्यालामा तारा पनि कहिल्यै चम्किन्न रे ।।
दिलसँग प्यार गर न त यार भन्दा जबाफ उसको
दिल त शरीरभित्र लुकेको छ आँखाले देखिन्न रे ।।
‘कान्ति’ भन्न थालिन् यो भौतिक संसारमा अब
मायाजालमा फस्दै कोहीसँग प्यार गरिन्न रे ।।
चिसङ्खुगढी-३, ओखलढुङ्गा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
