जिन्दगीमा बदनामको आगो लगायौँ किन ?
आज सबका सामु तमासा बनायौ किन ?
दोष जति सबै मेरो टाउकोमा नै थुपारी
पानीमाथिको ओभानो बन्न खोज्यौ किन ?
नानाथरी आश्वासनले कति पटक बाँधिएँ म
आज फेरि त्यही गाँठो तिम्ले फुकायौ किन ?
भन्न त सबै भन्थे यस्तै हुन्छ नि प्रेममा
खोटो सिक्का यही बजारमा चलायौ किन ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
