

आचार्य प्रभा
चाह कस्लाई हुन्न? सुखद् ती रातका प्रहर
दुःख कहाँ हुन्न? गाउँ होस् या ठूलो शहर ।
अनिकालमा जो फँस्छ, उसैले बुझ्छ भोक
दरिद्र नै पेवा हुन्छ, गरिबको कहाँ हुन्छ रहर?
सम्झनु छ खोले फाँडो नै, चौरासी व्यञ्जन हो
टर्यो आजको साँझ जसै, भोलिको हुँदैन ठहर।
आउँछ प्रकृति प्रकोप पनि निरीहलाई सताउन
जे आउँछ जुन रुप लिएर, गरिबलाई हुन्छ कहर ।
सुतेका होलान् यो बेला पनि धनी मस्त निद्रामा
असहायलाई लाग्दो हो, पिउँ कि यसैबेला जहर ।
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
