
राज्य छ नेता छन् लुट छँदैछ
भ्रष्ट छ्न् दुष्ट छन् छुट छदैछ
फेरिन्छ्न् तन्त्र र रहन्छ्न् उनै
वाचा छ छल छ झुट छँदैछ
लुट्छ एक लुटिन्छन् अर्कोथरि
निर्धक्क बचाउने गुट छँदैछ
नाङ्गै छन् जन्ता भोकै छन् जन्ता
फेरि लुट्नेकै नौ-रंगी सुट छँदैछ
बिक्छौँ बेचिन्छौँ एकछाक भातमा
अनि त हामीमा कुटाकुट छँदैछ !
पोखरा, नेपाल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
