
ढकमक्क लालीगुराँस साथमा थिइन् मनकी रानी
मधुर त्यो जूनको प्रकाश साथमा थिइन् मनकी रानी
चारैतिर सुनसान सुनसान रङ्गीन थियो वातावरण
मन्दमन्द चल्यो बतास साथमा थिइन् मनकी रानी
चन्चल मन चक्चक् गर्दै त थियो
चल्यो मग्मग फूलको सुवास साथमा थिइन् मनकी रानी
मनसँग मन मिल्न खोजेको बेला
थोरै डर थोरै उल्लास साथमा थिइन् मनकी रानी
बोल्दै थिए आँखाहरू साटिँदैथे भावहरू
बढ्दैथ्यो प्रेमको मिठास साथमा थिइन् मनकी रानी
शयर गर्दै थियौँ हामी प्रेमको डुङ्गा चढी
थियो मनमा बेग्लै आभास साथमा थिइन् मनकी रानी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
