
हुस्सु र कुहिराे वायुमण्डलमा
बादल लागेर नभभरि
आउन कठिन किरण धरतीमा
हिजाे पनि
कुहिराहरू ईर्ष्यालु बनेर
झरीहरू आरिसले जलेर
यात्रा राेके आलाेककाे
हिजाे पनि
औँसीका रात सक्रिय
बनाए प्रभातका किरणहरू निष्क्रिय
सपना च्याते आमाकाे
आज पनि
हुस्सुहरू, कुहिराहरू, बादलहरू
अनि झरीहरू छिचोल्दै
चिसा रातहरू चिर्दै
आउनेछ सुनाैलाे बिहानी
आउनेछ सूर्यकाे छवि
याे माटाेमा
पुनः आउनेछ रवि ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
