आमा ती हुन्, जसले हामीलाई जन्म दिइन्
जसले हामीलाई पिता चिनाइन्
जसले हिंड्न सिकाइन्
आमा ती हुन्, जसले हामीलाई संघर्ष गर्न सिकाइन्
सत्यताको मात्र बाटो अँगाल्न सिकाइन्
जस्ले मर्यादा र कर्तव्यको पाठ सिकाई,
हामीलाई शिक्षित र संस्कारी बनाइन्
आमाको हुन् भनेर फेरि पनि तिनी सोध्ने गर्छौं,
अझै आमा हुनुको परिभाषा खोज्छौ?
जस्ले सिर्फ दिन, त्याग्न र सहन जानिन्
नौ महिनासम्म गर्भ मा राखी,
आफू मरे तुल्य भई, तिमीलाई जीवन दान दिइन्
शरीरमा बगेको रातो रगतको धारा,
तिम्रो मुटुको ढुकढुकी हुन् आमा
जुन धर्तीमा उभिएका छौ, ती धर्ती हुन् आमा…
तिमी, तिमी हौ भनेर परिचय गराउने हुन् आमा
जुन नाममा गर्व गर्छौ तिमी, त्यो नाम दिने हुन् आमा
सृष्टिको पहिलो नाम हुन् आमा
मलाई भनी देऊ, आमा बिना के अस्तित्व छ तिम्रो?
जुन तिमी मेरो भन्छौ, त्यो सबै आमाको आशीर्वाद हो
तिमी त केही छैनौ,
फगत खाली…
विराटनगर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

