हेर्दा त कति सुनसान र अन्धकारले भरिपुर्ण छ यो रात
एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त
केवल शुून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा ।
न कुनै हर्षको गान न त कसैको बहकिलो शान
छ त केवल शुन्यताको भिमकाय भानस यो रातमा
आहा कति यथार्थ छ यो रात त्यो उज्यालो दिनभन्दा
सत्य, यहाँ सोच्छ दिन भन्दा त कैंयौं गुणा
यथार्थ हुन्छ त्यो बादल शुन्य रातको प्रविर्ती ।
सायद यो धाराको कथा रात विहीन भएको भए
विज्ञान यति बलवान हुन असमर्थ हुन्थ्यो
अनि दर्शन अस्तित्व विहीन
आखिर यो ब्रम्हाण्ड भन्दा कैंयौं कोष पर
हाम्रो मस्तक पुर्याउने यो रात त हो !
यहाँ कल्पनालाई शिखर सम्म लग्ने
साँच्चै रात एक रोमाञ्चित साथ हो ।
तर सरलताको कुनै निसान हुदैन मित्र, यो रातमा
यो रातमा त केबल अनुमान नै हुन्छ सच्चा सरलता ।
साच्चै ! कति सुनसान र अन्धकारले भरिपूर्ण छ है यो रात
एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त
केवल शून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

